मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

ओलीले कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालयमा ताला

आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा ताला लगाएका छन् ।

हेटौंडा-५ स्थित पुष्पलाल पार्कनजिक रहेको एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले कमल थापालाई उम्मेदवार बनाउने निर्णयमा जिल्ला नेतृत्व मौन रहेको भन्दै भोटे ताल्चा लगाएका हुन् ।

मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रयी सदस्य एवं जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

पार्टी अध्यक्ष ओलीले आफूखुसी निर्णय गरेको भन्दै एमाले हेटौडाका कार्यकर्ता असन्तुष्टि बनेका छन् । उनीहरुले कमल थापालाई मत दिन नसकिने भन्दै ओलीले आफ्नो निर्णय सच्चाउन माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation