काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र भोलि चैत २९ गतेका लागि परेको छ । इस्लाम धर्मालम्बीहरूको यस पर्वको अवसरमा सरकारले भोलिका लागि सार्वजनिक बिदा दिएको छ ।
बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली बिहीबारका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।