Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा विपदजन्य घटनाबाट हुने क्षति कम गर्न स्थानीय द्रुत प्रतिकार्य समिति गठन

देउखुरी ६ बैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा विपदजन्य घटनाबाट हुने क्षति कम गर्न स्थानीय द्रुत प्रतिकार्य समिति गठन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको संयाेजकत्वमा ५ सदस्यीय स्थानीय द्रुत प्रतिकार्य समिति गठन गरिएको हाे ।

जसकाे सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, सिसहनियाँ स्वास्थ्य चाैकीका डाक्टर श्रवण चौधरी, विपद व्यवस्था शाखाका प्रमुख सुवाश भट्टराई र स्वास्थ्य शाखा प्रमुख नारायण राउत रहनु भएको छ ।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख नारायण राउतकाे संयाेजकत्वमा ११ सदस्यीय स्थानीय द्रुत प्रतिकार्य टाेली समेत गठन गरिएको छ ।

जसको सदस्यहरुमा डाक्टर श्रवण चौधरी, पोषणराज शर्मा, निम बहादुर रावत, रमेश चौधरी, हीमा मरासिनी, सुनिता केसी, भारती सन्यासी, दामोदर आचार्य, गिता चौधरी र वर्षाती गडरिया रहनु भएको छ ।

समितिले प्राकृतिक तथा मानवीय रुपले घट्ने विपदजन्य घट्नाका कारण हुने क्षतिकाे खोज, उद्दार तथा उपचार र ब्यवस्थापन गर्ने बताइएको छb।

यसैबीच लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय दाङकाे संयुक्त आयोजनामा स्थानीय द्रुत प्रतिकार्य समिति गठनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम बिहीबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ ।

कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साे अवसरमा बाेल्दै अध्यक्ष विष्ट विपदमा परेका व्यक्तिहरुले सहयोगकाे अनुभुति हुने गरि समितिले काम गर्नेछ बताउनुभयो ।

उक्त कार्यक्रममा डाक्टर सुगत अधिकारी र स्वास्थ्य कार्यालय दाङका फाेकल पर्सन कमल चन्दले स्थानीय द्रुत प्रतिकार्य समितिको काम, कर्तव्य र अधिकार लगायतको विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुँवर, राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विक, स्वास्थ्य कार्यालय दाङका लेखा अधिकृत केशव पाैडेल, सिसहनियाँ स्वास्थ्य चाैकीका प्रमुख धन बहादुर खड्का, भालुबाङ स्वास्थ्य चाैकीका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सिसहनियाँ स्वास्थ्य चाैकीका डाक्टर श्रवण चाैधरी लगायत गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुकाे सहभागीता रहेको थियोे ।

कार्यक्रमकाे सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation