बिहिबार, माघ २३, २०८२

राप्तीकाे विकट पहाडी गाउँ करङ्गेकाेटमा व्यक्तिगत घटना दर्ता शिविर सम्पन्न

देउखुरी ७ बैशाख । दाङ देउखुरी राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँ करङ्गेकाेटमा शुक्रबार व्यक्तिगत घटना दर्ताका शिविर सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाकाे आयोजना तथा पाँच नम्बर वडा कार्यालयकाे समन्वयमा शिविर सम्पन्न हाे ।

शिविरमा जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता एघार वटा व्यक्तिगत घटना दर्ता भएको छन ।

गाउँपालिकाकाे विकट पहाडी गाउँका कतिपय स्थानीयहरुले अझै पनि काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने भएकाले शिविर नै सञ्चालन गरेर त्यस्ता घट्ना दर्ता गरिएको राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीले बताउनुभयो ।

त्यस्तै अध्यक्ष चाैधरीले समयमै व्यक्तिगत घट्ना दर्ता गर्न ग्रामीण गाउँका स्थानीयहरुमा सचेतना समेत फैलाउन आवश्यक रहेको बताउनुभयो ।

शिविरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, वडा सदस्य भुपलाल थापा मगर, वडा सचिव कल्पना खनाल, राप्ती गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर राउत, फिल्ड सहायक सबिता चाैधरी, विष्णुमाया चाैधरी लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation