सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता नेत्री डा. राणा देउवाबाट

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो ।

पार्टी जिल्ला सचिव हेमराज चटौत प्रश्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । देउवाको मनोनयन दर्ताका लागि राणा शनिबार डडेल्धुरा पुग्नु भएको थियो ।

उहाँसँगै डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का बागी उम्मेदवार बिक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र राप्रपाका गोबिन्दराज खडायतले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

कांग्रेस बीपीका तर्फबाट प्रधानमन्त्री देउवाको स्वकीय सचिब समेत रहनुभएका कांग्रेस पूर्व जिल्ला सभापती कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गर्ने जानकारी पाएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation