Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम

गढवा १५ बैशाख । गढवामा दुईदिने बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बिहिवार सुरु भएको थियो । दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बाल अधिकार, बालबालिकाको सवाल, सामाजिक बिकृति, संरक्षकविहिन बालबालिकाहरुको अवस्था, बाल यौन दुव्र्यवहार, बालश्रम तथा समाजमा हुने बाल दुव्र्यवहारका कारण र समाधानका उपायहरुको बिषयमा अभिमुखीकरण भएको हो ।

बालबालिकाको अधिकार संरक्षण र बालमैत्री शासन व्यवस्थामा बालबालिकाहरुलाई सजक र बालबालिकाको स्तर माथि उकास्न चिन्ता चासो वृद्धि गराई सचेत नागरिकका रुपमा बालबालिकालाई प्राथमिकता दिन अभिमुखीकरण गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

बिक्रम् सम्बत २०८७ साल सम्म नेपालहलाई नै बालमैत्री घोषणा गर्ने योजना अनुसार काम भैरहेको बता प्रशिक्षक विकिरण गौतमले जानकारी दिनु भयो । बालमैत्री नेपाल घोषणा गर्नका लागि कार्यक्रमहरु राष्ट्रिय अभियानको रुपमा कघि बढेको जानकारी दिनु भयो । दुईदिने अभिमुखिकरण कार्यक्रममा बाल अधिकार, बाल मैत्री स्थानीय शासन, बलमैत्री सूचकहरु,बाल मैत्री स्थानीय शासन कार्यान्वयनका लागि कार्य योजना निर्माण, बालबालिकामा लगानी, स्थानीय तहको योजना तर्जुमामा बालबालिकाका सवालहरुलाई मुल प्रवाही करणमा प्रस्तुती रहेको थियो ।

दुईदिने अभिमुखिकरण कार्यक्रमको प्रमुख प्रशिक्षकमा बाल मैत्री स्थानीय शासनको स्रोत व्यक्ति बिकिरण गौतम र युनिसेफको योजना तथा बिपद् विज्ञ फिल्ड अफिस भैरहवाका शंअर पौडेल रहनु भएको थियो । बैशाख १३ गते सुरु भएको अभिमुखिकरण कार्यक्रम प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै शुक्रबार सम्पन्न भएको हो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माकोको अध्यक्षमा भएको कार्यक्रममा भएको दुईदिने अभिमुखिकरण कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न शाखाका शाखा प्रमुखहरु, विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation