बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रुपन्देही ३ मा गृहमन्त्री खाँणले गरे उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

भैरहवाको गल्लामण्डीस्थित कांग्रेसको सम्पर्क कार्यालयबाट गठबन्धनका समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

रुपन्देही ३ मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन छ । जस अनुसार रुपन्देही क्षेत्र नम्बर ३ र ३ (ख) कांग्रेस तथा ३ (क) लोसपाले पाएको छ ।

गठबन्धनबाट नेपाली कांग्रेसको तर्फ क्षेत्र नं को ३ को प्रतिनिधिसभा सदस्यमा बालकृष्ण खाँण, ३ (ख) को प्रदेश सभा सदस्यमा रामचन्द्र ढकाल र ३ (क) को प्रदेश सभा सदस्यमा लोसपाका सन्तोष पाण्डेयले उम्मेदवारी दर्ता गरेको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस खड्काले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation