बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिकाद्वारा शैक्षिकसत्र २०८१ को शैक्षिक पात्रो सार्बजनिक

देउखुरी १७ बैशाख । दाङ देउखुरीको राप्ती गाउँलिकाले चालु शैक्षिक सत्र २०८१ का लागि तयार गरेको ‘शैक्षिक पात्रो’ सार्वजनिक गरेको छ ।

गाउँपालिकाको शिक्षा शाखाले मासिक तथा वार्षिक शैक्षिक योजना, कक्षागत वार्षिक कार्यतालिका, शाखा तथा विद्यालयहरुबाट सञ्चालन हुने क्रियाकलाप, विभिन्न सार्वजनिक विदा एवम् पालिकाका विभिन्न गतिविधिहरु झल्कने तस्वीरहरु समावेश गरि तयार गरेको शैक्षिक पात्रो गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट एवम् कार्यपालिकाका सदस्य र कर्मचारीहरुको उपस्थितिमा सार्वजनिक गरेको हो ।

शाखाले गठन गरेको पात्रो निर्माण समितिको निर्णय अनुसार शैक्षिक पात्रो बनाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार माध्यमिक तह सम्मको पहिलो परीक्षा श्रवण पहिलो साता, दोस्रो परीक्षा पुस अन्तिम साता र अन्तिम परीक्षा चैत तेस्रो साता तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation