बिमाको आवश्यकता श्रमजीवी बर्गलाइ बढी आवश्यक छ : अध्यक्ष बिष्ट

देउखुरी १७ बैशाख । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बीमाको सबैभन्दा बढी आवश्यकता श्रमजीवी वर्गहरुलाई हुने बताउनु भएको छ ।

नेपाल बीमा प्राधिकरणले सोमबार गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको स्थानीय तह तथा सरोकारवालाहरूसँग बीमा प्रवर्द्धनात्मक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले यस्तो बताउनुभएको हो ।

उहाँले बीमाको पहुँच सरकारलेखि श्रमजीवी वर्गसम्म पुग्नुपर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष विष्टले बीमाको पहुँच विस्तार गर्न स्थानीय सरकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राधिकरणका तथ्यांक निरीक्षक बसन्त बोहोराले नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकार, बीमाले गर्ने रक्षावरण, बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिका जनप्रतिनिधि, महिला समूह,वित्तीय संस्था, कृषि सहकारी संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation