Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाद्वारा हाडबासका अग्नी पिडितहरुलाई एक लाख बढीको राहत सामाग्री प्रदान

देउखुरी २७ वैशाख । दाङको राप्ती गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नी पिडितहरुलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ ।

गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी गाउँपालिकाकी उपाध्यक्ष धनपती यादव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीकाे राेहबरमा पिडीतहरुलाई प्रदान गरेको हाे ।

राहत सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य रण बहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुग्नु भएको थियो ।

यसैबीच गढवा गाउँपालिकाले पनि साेही मुल्य बराबरको जस्तापाता प्रदान गरेको छ ।

उक्त गाउँमा गत वैशाख १६ गते आगलागी हुदा २६ घर मध्ये २३ घर जलेर नष्ट भएकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation