दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सञ्चालित एक हप्ते सावुन तथा धुप उत्पादन सम्बन्धी तालिमकाे आइतबार समापन गरिएको छ ।
गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्धमशिलतामा पहिला” भन्ने मूल नाराका साथ उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाकाे सीप विकास कार्यक्रम अन्तर्गत साे तालिम सञ्चालन गरिएको थियो ।
राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको विशिष्ट आतिथ्यता र सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, राप्ती चेम्बर अफ कमर्स अध्यक्ष नेमलाल बेल्बासे लगायतको सहभागीता तालिमकाे समापन गरिएको हाे ।
तालिमका सहभागीहरुले पाती, नीम, मेवा, मह, दुध, पारिजात लगायतका कच्चापदार्थ बाट विभिन्न प्रकारका साबुन बनाएका छन भने सयपत्री फूल बाट धुप उत्पादन गरेका छन ।
वडा नम्बर ८ का १३ जना महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकहरुमा सुस्मिता थापा मगर र नन्दी थापा रहनु भएको थियाे ।