Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बहुनीपाटा सामुदायिक स्वास्थ्य ईकाइ भवनको प्रदेश सांसद थारुद्वारा उद्घाटन

देउखुरी १ जेठ । राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटामा सामुदायिक स्वास्थ्य ईकाइ भवनको मंगलबार उद्घाटन गरिएको छ ।

भवनकाे पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हाे ।

भवन उद्घाटन गर्दै संसद थारुले मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य भएको बताउदै विकट गाउँहरुमा स्वास्थ्यसेवा पुर्‍याउनु सरकारको दायित्व भएको बताउनुभयाे ।

नागरिकहरु स्वस्थ्य नभए सम्म घर, समाज र देशको विकास सम्भव नहुने बताउदै संसद थारुले स्वास्थ रहन खानपिन, जीवनशैली सँगै समयसमयमा स्वास्थ्य चेकजाँच गराउन समेत आवश्यक रहेको बताउनुभयाे ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच नपुगेका विकट गाउँहरुमा स्वास्थ्यकाे पहुँच पुर्‍याउने उदेश्य सहित स्वास्थ्य इकाईहरुकाे स्थापन गरेको बताउनुभयो ।

भाैतिक संरचना भन्दा पनि त्यहाँ बाट प्रवाह हुने सेवा कस्तो छ भन्ने कुराले ठुलो अर्थ राख्ने बताउदै अध्यक्ष विष्टले गुणस्तरीय र नि:शुल्क स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयाे ।

राप्ती गाउँपालिकाको १० लाख र जनश्रमदान मार्फत १ लाख ७३ हजार १ सय ३५ रुपैयाँ गरि कुल ११ लाख ४३ हजार १ सय ३५ रुपैयाँ लागतमा भवन निमार्ण भएको हाे भने वडा कार्यालयकाे १ लाख रुपैयाँ लागतमा शाैचालय निर्माण गरिएको छ ।

स्वास्थ्य इकाई निर्माण भई सञ्चालनमा आए सँगै साे क्षेत्रका मानिसहरुलाई सामान्य बिरामी हुदा समेत भालुवाङ्ग लगायत अन्य ठाउँका अस्पतालहरुमा जानुपर्ने बाध्यताकाे अन्त्य भएको छ ।

स्वास्थ्य इकाई बाट दैनिक बिरामी चेकजाँच, परिवार नियाेजन सेवा,पाेषण सेवा,क्षयरोग उपचार सेवा, गर्भवती चेकजाँच तथा खाेप सेवा प्रदान सँगै नेपाल सरकारद्धारा उपलब्ध गराईने ९८ किसिमका औषधी नि:शुल्क प्रदान गरिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयाे ।

साे अवसरमा जग्गा दाता गाेपीराम बुढा मगरलाई समेत सम्मान गरिएको थियोे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा भवनको उद्घाटन गरिएको हाे ।

भवन उद्वाटन कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी लगायत स्थानीयबासीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।

राप्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण हेल्थ असिस्टेन्ट पदम प्रसाद पाैडेलले गर्नु भएको थियो ।

गाउँपालिकामा २ स्वास्थ्य चाैकी सहित ४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ५ वटामा सामुदायिक स्वास्थ्य इकाई, १९ वटा गाउँघर किल्निक र १५ वटा खाेप केन्द्र सञ्चालनमा रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation