काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।
नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।