सोमवार, कार्तिक २५, २०८२

राप्ती गाउँपालिकाद्वारा दुर्गमका विपन्न ४३ परिवारलाई नि:शुल्क सोलार वितरण

देउखुरी ४ वैशाख । दाङको राप्ती गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको सल्ले, छुचुन्द्रे र अन्तरे गाउँका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ ।

गाउँपालिकाले वडा ९ अन्तर्गत पर्ने उक्त गाउँका विपन्न ४३ परिवारलाई सोलारबत्ती वितरण गरेको हो ।

गाउँपालिकाको वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको गाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई २० वाट क्षमताका साेलार वितरण गरेको हाे ।

सोलार वितरण पछि स्थानीयहरुकाे दैनिक जीवनयापनमा सहज हुने वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनुभयो ।

राप्ती गाउँपालिका लगायत छिमेकी पालिकाहरुलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने उदेश्यले पालिकाकाे वडा नम्बर २ लालमटियामा विद्युतीय सब स्टेसन निर्माण प्रक्रिया अघि बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation