बिहिबार, माघ २३, २०८२

ऐरावती आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देउखुरी ४ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक उत्प्रेरणा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

विद्यार्थी गुणस्तर सुधार समिति ऐरावती आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको “गुणस्तरीय शिक्षा उत्कृष्ट नतिजा” भन्ने मुल नाराका साथ शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

SQC बिद्यार्थी गुणस्तर समितिका अध्यक्ष चुडामणि खत्रीको अध्यक्षता, क्याम्पस संचालक समितिका अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यता, क्याम्पस संचालक समितीका कोषाध्यक्ष तथा QAC का प्रमुख तारा प्रसाद भुसाल तथा क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन क्याम्पस संचालक समितिका अध्यक्ष खनालले गर्नु भएको थियो ।

राप्ती गाउँपालिकाका शिक्षा अधिकृत बासुदेब खनाल प्रशिक्षक रहेको उक्त कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थी गरि एक सय २९ जनाको उपस्तिथिती रहेको थियोे ।

क्याम्पस संचालक समितिका अध्यक्ष केशवराज खनाल, क्याम्पस संचालक समितीका कोषाध्यक्ष तथा QAC का प्रमुख तारा प्रसाद भुसाल, क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली लगायतकाले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रमका अध्यक्ष चुरामणी खत्रीले कार्यक्रममा बोल्दै ऐरावती आदर्श बहुमुखी क्याम्पस अब QAA प्राप्तिको प्रक्रियामा रहेको लगाएतका कुरा राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो भने प्रशिक्षक रहनु भएका शिक्षा अधिकृत बासुदेब खनाललाई अध्यक्ष केशवराज खनालले सम्मान पत्र प्रदान गर्नु भएको हो ।

रेजिना कुमालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन SQC सदस्य फरिदा खातुनले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation