बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राजधानी क्षेत्रमा बिग स्कुल बन्दै मुख्यमन्त्री महराद्वारा भवनकाे शिलान्यस

देउखुरी ७ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जाेख बहादुर महराले दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय माैरीघाटकाे विद्यालय भवनकाे शिलान्यास गर्नुभएको छ ।

संघिय सरकारकाे विशेष अनुदान अन्तर्गत ८ कराेड ९७ लाख ३८ हजार ३ सय ६२ पैसा लागतमा बन्न लागेको १६ काेठे विद्यालय भवनको साेमबार शिलान्यास गर्नुभएको हो ।

विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री महराले विद्यालय भवन निर्माण सँगसँगै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

अहिलेकाे युग प्रविधिको युग भएको बताउनु हुदै मुख्यमन्त्री महराले विश्वकाे हरेक देशका जनशक्तिहरु सँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो ।

त्यस्तै मुख्यमन्त्री महराले भाैतिक विकासले मात्रै शैक्षिक गुणस्तर वृद्धि नहुने उल्लेख गर्दै शिक्षकको पेशा प्रति लगनशीलता र विद्यालयकाे व्यबस्थापकीय पक्ष उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष पहलमा कुलप्रसाद केसी मुख्यमन्त्री र कृष्णध्वज खड्का अर्थमन्त्री भएको बेला विद्यालय भवनको बिस्तृत कार्य याेजना तयार गरि विद्यालयकाे काम अघि बढाइएको थियो ।

विद्यालय भवनको आँशु निर्माण सेवा, बिजुवार प्युठानले तीन वर्ष भित्र काम सक्ने लक्ष्यका साथ सम्झौता गरि निर्माणको काम शुरु गरेको निर्माण व्यावसायी बालाजु श्रेष्ठले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बीर बहादुर चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जाेख बहादुर महराकाे प्रमुख आतिथ्यता एवम् पूर्व मुख्यमन्त्री कुल प्रसाद केसीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पूर्व अध्यक्ष नुमानन्द सुवेदी, प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख ईन्जिनियर छविराज पाेख्रेल, शिक्षक लगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरुकाे उल्लेख्य सहभागीता रहेको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक बसन्त राज घिमिरेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षक केशवराज आचार्यले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation