शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मन्त्री चौधरीद्वारा दाङ क्षेत्र नं १ मा मनोनयन दर्ता

सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गाउनुभएको छ  ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराउनुभयो । प्रदेश सभातर्फ (क) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।

काठमाडौंमा रहनुभएका खड्का मौसम खराबीका कारण काठमाडौँ स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । खड्का नेपाली काङ्गेसका  नेता स्वर्गिय खुमवहादुर खड्काका पुत्र हुनुहुन्छ ।

यसैवीच नेकपा (एमाले) की नेतृ गंगा थारुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गाउनु भएको छ । नेकपा एमालेबाट टिकट नपाएपछि थारुले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । दाङ क्षेत्र नं १ मा एमालेले शान्ता चौधरीलाई टिकट दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation