सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

QAA प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

देउखुरी ९ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा QAA प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

आन्तरिक गुणस्तर सुनिस्चितता समितिले आयोजना गरेको कार्यक्रम आन्तरिक गुणस्तर सुनिस्चितता समितिका प्रमुख तारा प्रसाद भुसालको अध्यक्षता तथा क्याम्पस संचालक समितिका अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी, संचालक समिति, सल्लाहकार, पत्रकार गरि ३५ जनाको सहभागिता रहेको थियो ।

क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन चुडामणि खत्रीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation