बिहिबार, माघ २३, २०८२

सिरिचौर खानेपानीद्वारा टोल टोलमा सुचनापार्टि

देउखुरी १२ जेठ । दाङ देउखुरी राप्ती गाउँपालिका ३ मसुरियामा रहेको सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रत्येक टोल बिकास संस्थामा शनिबार सुचनापार्टी टाँस गरेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुला गिरिको प्रमुख आतिथ्यता, ३ नम्बर वडा सदस्य इश्वरी परियारको बिशिस्ट आतिथ्यता तथा खानेपानी समितिका उपाध्यक्ष देबेन्द्र बहादुर साही, कोषाध्यक्ष सीता थापा,सचीव सन्तोष अधिकारीको रोहवरमा सुचनापार्टी टाँस गरिएको हो ।

सिरिचौर खानेपानी उपभोक्ता समितिले गरेको निर्णय अनुसार “घर घरमा धारा, टोल टोलमा सुचनापार्टी” भन्ने मुल नारका साथ सुरु भएको कार्यक्रममा बोल्दै सिरिचौर खानेपानी शुद्धतामा पहिलो प्राथमिकता परेको समेत समितिका अध्यक्ष तुला गिरिले बताउनु भएको छ ।

नयाँ बस्ती टोल बिकास संस्थाबाट सुरु गरिएको सुचनापार्टी टाँस सिरिचौर खानेपानी क्षेत्र भित्रका टोलहरु वडा नम्बर ४ मा रहेको बुढिचौर टोल, गौमुखी टोल, ३ मा रहेको ६५ नम्बर टोल, प्रगती टोल, मसुरिया, उत्तर मसुरिया, मुक्त कमैया टोल लगायत खानेपानीको कार्यालय गरि १० वटा सुचनापार्टी टाँस गरिएको अध्यक्ष गिरिले बताउनु भयो ।

कार्यक्रममा खानेपानी उपभोक्ता समितिका पदाधिकारी, टोल बिकास सस्थाका पदाधिकारी लगायत स्थानिय बासिन्दा तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यकमको संचालन कृष्ण सेनले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation