Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रोगलाई जरैबाट नष्ट गर्ने क्षमता आयुर्वेद चिकित्सामा छ : अध्यक्ष पोख्रेल

गढवा १३ जेठ । दुनियाको प्राचिनतम चिकित्सा प्रणाली आयुर्वेद भएकोलेले रोगलाई जरैबाट नष्ट गर्ने क्षमता पनि आयुर्वेद चिकित्सामा भएको गढवा गाउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।

आइतबार गढवामा भएको आरोग्य कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सो कुरा बताउनुभएको हो। सम्पूर्ण उपचारको प्रेरणा यही आयुर्वेदबाट लिइएको बताउदै अध्यक्ष पोख्रेलले कुनैपनि रोगलाई जरैबाट नष्ट गर्ने क्षमताका कारण अहिले अधिकांशले आयुर्वेदप्रति विश्वास गरेको बताउनु भयो ।आयुर्वेद शारीरिक र मनोचिकित्सा मात्र नभई जीवन जिउने समग्र वैज्ञानिक सार्वभौमिक पद्धति भएको बताउनु भयो । आयुर्वेदले रोगको मूल कारण पहिल्याएर त्यसलाई समाप्त गर्ने प्रयास आयुर्वेदले गर्छ । रोगको कारण नै नष्ट भएपछि रोग पनि सधैँका लागि नष्ट भइजान्छ त्यसकारण आयुर्वेद प्रतिको बिस्वास कायम गर्न प्रचार प्रसारको आवश्यकता महसुस भएको बताउनुभयो ।

राप्ती आयुर्वेद चिकित्सालय तुल्सिपुर दाङको अायाेजनामा आइतबार गढवामा भएको नागरिक आरोग्य कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्वस्थ जिवन यापनका लागि योग र खानपिनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैले गर्नु पर्ने बताउदै उपाध्यक्ष चौधरीले आयुर्वेद भन्नाले जडीबुटीको प्रयोगबाट गरिने विश्वको सबैभन्दा पुरानो चिकित्सा शास्त्र भएको बताउनुभयो ।

कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालय तुल्सिपुर दाङका कार्यालय प्रमुख डा. मदन कुमार बिसी, बरिष्ठ कविराज निरिक्षक डा. कैलाश न्योपाने र गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीले सहजिकरण गर्नु भएकाे थियाे ।

कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालय तुल्सिपुर दाङका कार्यालय प्रमुख डा. मदन कुमार बिसीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण राप्ती आयुर्वेद चिकित्सालय तुल्सिपुर दाङको बरिष्ठ कविराज निरिक्षक डा. कैलाश न्योपानेले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation