आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चार दिनपछि प्यूठान–भालुवाङ सडक सुचारु

प्यूठान ।  पहिरोका कारण चार दिनदेखि अवरुद्ध रहेको प्यूठान–भालुवाङ सडकखण्ड सुचारु भएको छ ।

प्यूठान–भालुवाङ सडकखण्डको बेसारपानी, खहरेखोला, मोतिपुर, सिमलचौर लगायतका स्थानमा पहिरो खसेपछि बिहीबारदेखि सवारी आवागमन बन्द भएको थियो ।

एक्साभेटरको सहायताले पहिरो हटाइएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पहिरो हटेपछि अहिले गाडी गुड्न थालेका छन् ।

मुख्य सडक सञ्चालनमा आए पनि भित्री सडक पहिरोको कारण बन्द भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation