राप्तिमा नि:शुल्क सिलाइ कटाइ सीप परिक्षण तयारी कक्षा सुरु

देउखुरी १४ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टिमा १५ दिने नि:शुल्क सिलाइ कटाइ सीप परिक्षण तयारी कक्षा लेवल – २ (दुई) सुरु भएको छ ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ राप्ती गाउँपालिकाको आयोजना तथा नेकपा एमाले राप्ती गाउँपालिका कमिटिको सहयोगमा तयारी कक्षा राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको करम्दी सा ब उ सको हलमा सोमबारदेखि सुरु गरिएको हो ।

नेकपा एमाले राप्ती गाउँपालिकाका अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला सदस्य धर्मराज अधिकारीको बिशिस्ट आतिथ्यता तथा लिलाधर परियार सभाध्यक्ष रहेको उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै सिकेर मात्रै तालिमको औचित्य नहुने र आत्मनिर्भर हुने गरि सिक्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि मदन अधिकारीले बताउनु भयो ।

प्रेम परियार प्रशिक्षक रहेको १५ दिने तालिमममा २५ जनाले भाग लिएका छन भने तालिम जेठ २८ गते सम्म सञ्चालन हुने छ ।

कार्यक्रममा सिलाइ व्यवसायी समितिका जिल्ला सह कोषाध्यक्ष दिल बहादुर परियार, सल्लाहकार खड्क बहादुर परियार, नेकपा एमाले जिल्ला सदस्य धर्मराज अधिकारी, समाजसेवी गिरिराज पौडेल, सभाध्यक्ष लिलाधर परियार लगायतकाले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

लिलाधर परियारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सिलाइ व्यवसायी समितिका सचीव राम बहादुर परियारले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation