देउखुरी २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका २ कठाहामा अठार सय बढी बिरुवा रोपण गरिएको छ ।
राप्ती गाउँपालिकाकाे आयोजना तथा सव डिभिजन वन कार्यालय गढवाको सहयोगमा राप्ती नदिकाे तटिय क्षेत्रमा रहेको करिब २ हेक्टर सार्वजनिक जग्गामा बिरुवा रोपण गरिएको हो ।
मौवा, जामुन, सिसाै, खयर, बकाइनाे, काेईरालाे सित्तलचिनी, गुल्मोहर, निलमर लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले विभिन्न प्रजातिका २२ हजार बिरुवा राेप्ने तयारी समेत गरिएको प्राविधिक भुसालले बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, सामाजिक अभियान्ता बसन्तराज शर्मा, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी, पालिकाका कर्मचारी, वन उपभोक्त समूहका पदाधिकारी तथा स्थानीय बासिन्दाहरुकाे सहभागिता रहेको थियो ।
साे अवसरमा बाेल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिकाका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउने उद्देश्यले बिरुवा रोपिएको बताउनुभयो ।
वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।
त्यस्तै अध्यक्ष विष्टले वातावरण संरक्षणबिना मानवजातीको समेत संरक्षण हुन नसक्ने बताउँदै विश्वव्यापी रुपमा भैरहेको वातावरण विनासले मानवजाती माथि नै संकट सृजना भएको बताउनुभयो ।
वन कार्यालयले बिरुवा सहयोग गरेपछि वृक्षारोपण सहज भएको बताउँदै कार्यक्रममा सहभागी सबैप्रति अध्यक्ष विष्टले अभार व्यक्त गर्नुभयो ।