नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी दलबलसहित आइतवार दिउँसो घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी नेतृ रेखा शर्माले उम्मेदवार छिन् । पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पनि हुन् ।