बिहिबार, माघ २३, २०८२

राप्ती २ मा सञ्चालित ३ महिने सिलाई कटाई तालिम सम्पन्न

भालुबाङ २८ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका वडा नं. २ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे ।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिमकाे समापन गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जाेडिन सुझाव दिनुभयो ।

राप्ती गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चाैधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।

आफूले पनि विगतमा सिलाई पेशा गरेकाे अनुभव सुनाउदै उपाध्यक्ष चाैधरीले व्यवसाय गर्दा धैर्यता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले बेरोजगार महिला दिदीबहिनीहरुलाई सिलाई कटाई तालिम प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

तीन महिने तालिमले मात्रै व्यवसाय गर्न पर्याप्त नहुने उल्लेख गर्दै अध्यक्ष चाैधरीले तालिमका सहभागीहरुलाई आगामी आर्थिक वर्षमा आवश्यक एड्सभान्स सहित फेसन डिजाइनरकाे तालिम समेत उपलब्ध गराउने बताउनुभयो ।

कार्यपालिका सदस्य रण बहादुर पुजाली, वडा सदस्यहरु टेक बहादुर रावत,मन बहादुर पुन, तुलसा विक, उद्यम विकास सहजकर्ता बीनिता चाैधरी लगायतकाे सहभागीता रहेको कार्यक्रमकाे सहजीकरण वडा सचिव सीता भण्डारी आचार्यले गर्नु भएको थियो ।

एक सय जना महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकमा अनिता चाैधरी र मिना पुन मगर रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation