बिहिबार, माघ २३, २०८२

राप्तीका ८ जना अपाङ्गता बालबालिकाहरुलाई सहायक सामाग्री प्रदान

देउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ ।

राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा साे सामाग्री प्रदान गरिएको हाे ।

केन्द्रले गत बैशाख ६ गते राप्ती गाउँपालिकामा सञ्चालन गरेको शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी नि:शुल्क घुम्ती शिविरमा कृतिम अंग तथा सहायक सामाग्री प्रदान गर्नका लागि नाप लिइएका बालबालिकाहरुलाई उक्त सामाग्री प्रदान गरेको हाे ।

केन्द्रले उनीहरूलाई ह्युलचियर, विशेष जुत्ता, अर्थाेपेडिक सहायक सामाग्री, माेबिलाईजर, अर्थाे प्राेेथाेसिस लगायतका सामाग्री प्रदान गरेको विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपाका लुम्बिनी प्रदेश संयाेजक लेखनाथ आचार्यले जानकारी दिनुभयाे ।

सामाग्री प्रदान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, अपांग मानव अधिकार मञ्च दाङका अध्यक्ष ज्ञान बहादुर कार्की, अपांगता भएका बालबालिका लगायत अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation