देउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकामा विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरण सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम बुधबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ ।
पालिकाकाे स्वास्थ्य शाखाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा गतवर्ष सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा आगामी आर्थिक वर्षमा सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा छलफल तथा जानकारी गराइएको थियो ।
त्यस्तै कार्यक्रममा स्वास्थ्य अधिकृत तथा पाेषण कार्यक्रम संयाेजक धन बहादुर बुढा क्षेत्रीले विद्यालय तथा पोषण कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यले पालिकाले आइरन चक्की वितरण गरेको उल्लेख गर्दै राज्यको लगानीमा सञ्चालित उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउत, शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्ल, शिक्षक गाेविन्द पाेख्रेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
गाउँपालिका अन्तर्गत रहेको सामुदायिक तथा संस्थागतका विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शिक्षक र विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको कार्यक्रमकाे सहजीकरण स्वास्थ्य अधिकृत तथा पाेषण कार्यक्रम संयाेजक धन बहादुर बुढा क्षेत्रीले गर्नुभएको थियो ।