बाँके ४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारवाही गर्ने बताएका हुन ।
बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुबेदीका अनुसार पछिल्लो समय बाँके जिल्लामा लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ ।
बाँके जिल्ला ट्राफिक प्रमुख सुबेदीले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेकाले ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाई गर्ने बताए । उनले मापसेलाई निरुत्साहित गर्न सरप्राइज चेकिङ शुरु गरेको र मापसे गरेर सवारी चलाउनेलाई १ घन्टा क्लास लिन सुरु गरेको र दुर्घटनामा धेरै कमि आएको सुबेदीले जानकारी दिए ।

उनले अटो रिक्सा, ई-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई-रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने सुबेदीले बताए ।
अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाई गरिने उनले बताए ।
उपलब्ध जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनीकरणको प्रयास गरिने उनको भनाई छ । आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महसुस गराउने गरी काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुबेदीले बताए ।











