बिहिबार, माघ २३, २०८२

गढवामा निःशुल्क लोकसेवा तयारी कक्षाले विद्यार्थीहरुमा उत्साह

गढवा ५ असार । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा न्यु भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङको प्राविधिक सहयोगमा सञ्चालित ७५ दिने लोकसेवा तयारी कक्षाको आज बुधबार गढवामा समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै ७५ दिने लोकसेवा तयारी कक्षाका सहभागी उर्मिला यादवले आफ्नै ठाउँमा लोकसेवा अध्ययन गर्न पाएकोमा खुशि ब्यक्त गर्नुभयो। गढवा गाउँपालिकाले मधेसी मुस्लिम दलित अति बिपन्न बर्गलाई मध्येनजर गर्दै ७५ दिने लोकसेवा तयारी कक्षाको लागि बजेट विनियोजन गरिदिएको भन्दै धन्यवाद समेत दिनु भयो ।

हामी दुरदराज ठाउँमा गएर लामो समय सम्म लोकसेवा तयारी कक्षा नियमित रुपमा लिन सम्भव नभएको समयमा पालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेर लोकसेवा तयारी कक्षाको लागि जुराएको अवसर प्रशंसायोग्य रहेको बताउनुभयो। साथै आगामी दिनमा यसपनि लोकसेवा तयारी कक्षा लाई निरन्तरता दिन अनुरोध समेत गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिममा सिकेका कुराहरुलाई पुर्ण रुपमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । अध्यक्ष पोख्रेलले लोकसेवा आयोगको परिक्षा कुनै भाग्यको फल नभई मेहेनत र परिश्रमवाट मात्र सफल हुन सकिने बताउँदै पोख्रेल निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सुरुवाती चरणमा ठुलो संख्यामा सहभागिता जनाउने तर पछी कक्षा छोड्दै जाने, लोकसेवा परिक्षामा फालम समेत नभर्ने, परीक्षामा सहभागि हुन नखोज्ने प्रवृत्तिले लोकसेवा तयारी कक्षा परिणाममुखी हुन नसकेको बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरु बैदेशिक रोजगारीमा जानु भन्दा लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवा मार्फत जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।

त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सरकारि सेवामा महिलाहरुको सहभागिता बृद्धि गर्न र यसतर्फ महिलाहरुलाई आकर्षण गर्नका लागि यस्ता खालका तालिम तथा कक्षाहरु फलदायी हुने भएकोले सञ्चालन गरेको भएता पनि कक्षा लिने र छोग्ने प्रवृत्तिले आगामीदिनमा नि:शुल्क लोकसेवा तयारी कक्षाको बारे पुनर्विचार गर्नु पर्ने बताउनुभयो ।

लोकसेवा आयोग पढाई हेर्दा विषय सिजलो लागेपनि लोकसेवा उतिर्णहुन त्यति सजिलो नभएको बताउदै उपाध्यक्ष चौधरीले निःशुल्क लोकसेवा आयोग परीक्षा तयारी कक्षामा सहभागी विद्यार्थीले उच्चस्तरीय र गुणस्तरीय किसिमले अध्ययन गर्न पाएकोमा गर्ब महसुल गर्नु पर्ने बताउनुभयो ।

त्यसैगरी लोकसेवा तयारी कक्षाको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले निजामती सेवामार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । लोक सेवा आयोगको सामान्य आधारभुत ज्ञान बारे जानकारीका लागि कक्षा सञ्चालन गरिएको भन्दै निजामती सेवामा प्रवेशका लागि अझ मेहनतका साथ अध्ययन गर्नु पर्ने बताउनुभयो ।

त्यसैगरी लोकसेवा तयारी कक्षाको सञ्चालनको समयमा साथै न्यु भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङको सही सूचना समाचार सम्प्रेषण गरेको भन्दर गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक) कदर पत्रले सम्मान समेत गरिएको छ ।

समापन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङका भेषराज चौधरी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा सत्यपाल यादवले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation