गढवा ६ असार । दुग्ध उत्पादन कृषक र ब्यापारी बिच व्यवसाय विस्तार सम्बन्धी आज बिहिवार गढवामा अन्तक्रिया गोष्ठी सम्पन्न भएको छ ।
कृषि विकास बैक लिमिटेड प्रदेश कार्यालय घोराही दाङको आयोजना तथा गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवा र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको सहकार्यमा अन्तक्रिया गोष्ठी सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा गढवामा रहेका दुग्ध किनेर व्यवसाय गर्ने व्यवसायी र दुग्ध उत्पादन कृषकहरु बिच देखिएका समस्याहरुको पहिचान गरी दुग्ध व्यवसायमा देखिएको समस्या समाधानका लागि अन्तरक्रिया गरिएको हो ।कृषिको समावेशी रुपान्तरणको लागि मूल्य श्रृंखला भिटा कार्यक्रम अन्तर्गत दुग्ध उत्पादन कृषक र ब्यापारी बिच व्यवसाय विस्तारका बारेमा बृहत छलफल गरिएको हो । कार्यक्रममा दुग्ध उत्पादन कृषक, कृषि विकास बैकका प्रतिनिधि, दुग्द किनबेच गर्ने व्यवसायी र जनप्रतिनिधि बिच बृहत छलफल भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिका भित्रका बिशेष गरी कृषि तथा पशु पालनको क्षेत्रमा रहेर उत्पादन र बजारीकरणको लागि पालिका निरन्तर कार्य गरिरहेको बताउनुभयो । पशुपालक कृषकहरुको माग अनुसार खसी बोकाको सामुहिक बजारीकरण सुरु गरेको बताउदै अब तरकारी र दुग्ध उत्पादन साथै बजारीकरणमा बिशेष किसिमको कार्यक्रम अघि बढाउने बारे तयारी गरेको जानकारी दिनु भयो । दुग्ध उत्पादन कृषक गर्ने किसानहरु संग उहाहरुको समस्या लाई पहिचान गरी समाधान गर्दै पुर्ण रुपमा बजारीकरण गर्ने हिसावले व्यापारी बिच अन्तरक्रिया कार्यक्रम गरेको बताउनु भयो ।
गढवा गाउँपालिका लाई कृषि र पशु पालनको क्षेत्रमा अघि बढाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम सुरु गरेको बताउनु भयो ।पशुको क्षेत्रमा नश्ल सुधार कार्यक्रम, गोठ सुधार, भकारो निर्माण, घास उत्पादनको कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । गढवा गाउँपालिकाले उत्पादनको साथै बजारीकरण लाई पनि बिशेष रुपमा हेरेको बताउनुभयो । तरकारीको बजारीकरणको लागि तरकारी संकलन केन्दको कार्य सुरु भएको बताउदै खसीबोका सामुहिक बजारीकरण त्यसैगरी अब दुधको बजारीकरण गर्ने कार्यक्रम बारे छलफल गर्नका लागि कार्यक्रम गरेको बताउनु भयो ।
अन्तरक्रिया जनप्रतिनिधि, कार्यक्रम कृषि विकास बैकका प्रतिनिधि, दुग्ध उत्पादन गर्ने कृषक व्यापारी लगायतकाको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम सामुदायिक सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।