दाङको राप्ती गाउँपालिका जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

देउखुरी ८ असार । दाङको राप्ती गाउँपालिकालाई शनिबार एक कार्यक्रमका बीच जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

खोपको सबै मापदण्ड पुरा गरेपछि गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शर्माले राप्ती गाउँपालिका जिल्लामै ३ वर्ष लगातार प्रथम स्थान हासिल गरेकोमा बधाई तथा धन्यवाद दिदै खोप आफैमा महत्त्वपूर्ण भएकोले कोही पनि बालबालिका खोप लिन नछुटुन भन्नका लागि अझ मेहनतका साथ काम गर्नु पर्ने बताउनुभयाे ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खोप लिनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउँदै स्वास्थ्य क्षेत्रका कर्मचारी र स्वास्थ्य स्वमसेविकाहरूको मेहनत र लगनशीलताले पुर्ण खोप तथा दिगोपना घोषणा गर्न सफल भएको बताउनुभयो ।

दाङको १० पालिका मध्ये राप्ती गाउँपालिका यस वर्ष जिल्ला कै पहिलो पालिकाको रूपमा पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation