
एमाले पूर्व सचेतक शान्ता चौधरी विरुद्ध निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले आधिकारिक उम्मेदवारको रुपमा शान्ताको नाम तय गरेपछि उनले स्वतन्त्र उठ्ने घोषणा गरेकी थिइन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनी एमालेकी समानुपातिक सांसद हुन् ।
गंगाले केन्द्रीय सदस्यबाट पनि छिट्टै राजीनामा दिएर स्वतन्त्र हुने घोषणा गरेकी छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन् । त्यसअघि उनी थारुहटबाट सांसद भएकी थिइन् ।