देउखुरी ९ असार । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को जिल्ला सम्मेलन यहि श्रावण २५ र २६ गते राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा हुने भएको छ ।
“वैज्ञानिक तथा रोजगार मुलक आजको अभियान, संघीयता, भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सत्रौं जिल्ला सम्मेलन” भन्ने नाराका साथ राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको छ । संगठनको शनिवार बसेको जिल्ला समितिको बैठकले मिति तय गरेको हो ।
सम्मेलनका लागि सरिता पुनको संयोजकत्वमा रहेको ३५ सदस्यिय सम्मेलन आयोजक समिति गठन गरिएको छ । त्यसैगरी मूल कार्यक्रम व्यवस्थापन अशोक खनालको संयोजकत्वमा दिनेस रैदास, धुर्ब बेलबासे, सुबाश खनाल र स्मृति कुमाल सदस्यमा चयन हुनुभएको छ ।
दिनेस रैदासकोे संयोजकत्व, अशोक खनाल र ऋषि पौडेल सदस्य सहितकाे प्रचार प्रसार समिति गठन भएको छ भने जिल्ला सम्मेलन अगाडी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिकाको पालिका भेला गर्ने समेत निर्णय भएको छ ।











