मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रोटरी क्लव अफ राप्तीको निःशुल्क दन्त शिविरमा ९६ जनाले लिए सेवा

देउखुरी १० असार । रोटरी क्लव अफ राप्तीले एक दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

दाङको राप्ती गाउँपालिका वडा नं. १ मा अवस्थित स्वर्गद्धारी प्रा वी मा आयोजना गरिएको बालबालिका लक्षित दन्त शिविरमा ९६ जनाले सेवा लिएका रोटरी क्लव अफ राप्तीले जनाएको छ ।

रोटरी क्लव अफ राप्तीको आयोजनामा भएको उक्त दन्त शिविरमा डि नोभा डेन्टलको प्राविधिक सहयोग तथा होटल पौवा भालुवाङको विशेष सहयोगम दन्त शिविर सम्पन्न भएको हो । डि नोभा डेन्टलका संचालक तथा रोटरी क्लव अफ राप्ती एजी रोटरीयन डा. चेतनाराण पाण्डेको नेतृत्वमा बालिबालिकाहरुको दन्त परिक्षण गर्नु भएको थियो ।

पछिल्लो समय बालबालिकाहरुको दुधे दातमा समेत समस्या देखिन थाले पछि बार्षिक कार्यतालिका अनुसार दन्त शिविरको ओजना गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष बासुदेव न्यौपानेले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation