Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी तालिम शुरु

भालुबाङ ११ असार । दाङको राप्ती गाउँपालिकामा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम शुरु भएको छ ।

“राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ गाउँपालिकाकाे उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत साे तालिम शुरु भएको हाे ।

व्यवसाय गर्न चाहाने युवा तथा महिलाहरुलाई सीप सिकाई उद्वमी बनाउने र उनीहरूलाई व्यावसायमा जाेड्ने उदेश्यले तालिम सञ्चालन गरिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले तालिमले सहभागीहरूकाे आर्थिक जीवनस्तर सुधार्न टेवा पुग्नुका साथै उनीहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।

१८ जनाकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा निरज जाेशी रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation