Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तिका २१ विपन्न परिवारलाई नि:शुल्क बाख्रा वितरण

देउखुरी १३ असार । दाङको राप्ती गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाका २१ विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेको छ ।

विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रापालनमा आकर्षित गरि उनीहरूलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रतिपरिवार २ वटाका दरले ४२ वटा बाख्रा वितरण गरेको हाे ।

गाउँपालिकाले गत बैशाख महिनामा विपन्न आयआर्जन कार्यक्रममा सहभागिताको लागि लक्षित समूहबाट आवेदन आह्वान गरेको थियो ।

साेही कार्यक्रममा आवेदन दिई बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तालिम समेत लिएका उनीहरूलाई साे बाख्रा वितरण गरिएको हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation