भालुवाङ १५ असार । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टिमा सञ्चालित पन्ध्र दिने कटाई सिलाई जेन्स स्तरउन्नती तालिमको समापन गरिएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीकाे आयोजनामा एवं राप्ती गाउँपालिका दाङको सहयोग सञ्चालित साे तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीका अध्यक्ष लिलाधर परियारको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यता र पालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीकाे विशिष्ट आतिथ्यतामा भएको साे समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष चौधरीले सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजार बन्न सकिने बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष चाैधरीले आगामी आर्थिक वर्षमा थप तालिमका लागि पालिकाले आवश्यक सहयोग समेत गर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीले सिकेकाे सीपलाई व्यावसायकाे माध्यमबाट निरन्तर अघि बढाए मात्रै स्थानीय सरकारले गरेको लगानी सहि सदुपयोग हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघकी लुम्बिनी प्रदेश सदस्य उषा बुढा मगर, जिल्ला सह-काेषाध्यक्ष दिल बहादुर परियार, सदस्य इमा गुरुङ,राधाकुमारी चाैधरी, सल्लाहकार खड्क परियार, ठगेन्द्र परियार, करम्दी सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष तुम बहादुर घर्ती लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।
व्यावसाय गर्दै आइरहेका १५ जना महिला तथा पुरुषहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा प्रेम परियार रहनु भएको थियो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ वडा नं. २ का अध्यक्ष बिर बहादुर परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव राम बहादुर नेपालीले गर्नुभएको थियो ।