निर्वाचन आयोगले प्रत्यक्ष तर्फ एक तिहाई उम्मेदवार महिला उठाउन दिएको निर्देशन राजनीतिक दलहरूले अवज्ञा गरेका छन् ।
मंसीर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार १२८ मध्ये जम्मा १९१ जना महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले संविधानको धारा ३८(४) र धारा ४२ धारा ४७ को मर्म अनुसार दलहरुलाई एक तिहाई महिला उठाउन निर्देशन दिएको थियो ।