Dangali Onlinekhabar

Advertisment

SKIP THIS

ज्यान बचाउन बस्ती पसेको चितलको मृत्यु

भालुबाङ २० असार । दाङ देउखुरीको राप्ती गाउँपालिका १ मा रहेको रामजहदी सामुदायिक वनबाट आफ्नो ज्यान बचाउन बस्ती पसेको चितलको मृत्यु भएको छ ।

असार ११ गते बिहान करिब साढे छ बजेको समयमा रामजहदी सामुदायिक बन क्षेत्रबाट कुकुर लखेट्दै गर्दा राप्ती गाउँपालिका १ पाखापानी निवासी बासुदेब शर्माको घरमा पसेको चितलको उपचार गर्दा गर्दै १९ गते बुधबार बिहान करिब एघार बजेको समयमा मृत्यु भएको हो ।

लम्बाइ ५ फिट, उचाई ३ फिट र लगभग ५० केजि तौल भएको पछाडी पट्टि दाहिने खुट्टाको खुर भाचिएको अवस्थामा बरामद गरिएको चितलको भालुबाङमा रहेको रामजहदी सामुदायिक बनको ग्रिन पार्कमा राखेर बन उपभोक्ता समितीको जिम्मामा उपचार गराइरहिएको थिइयो ।

उक्त चितलको रामजहदी सामुदायिक बनका अध्यक्ष डिल्लिराज सुबेदी, डिभिजन बन कार्यालयका कार्यबाहक बन अधिकृत बिनोद कुमार शाह, बन फरेस्टर दामोदर डाँगी, बन रक्षक रमेश घर्ती, सरोकारवाला, प्रहरी, पत्रकार तथा स्थानीय बासिको उपस्तिथिमा सिङ निकाली भालुबाङमा रहेको सामुदायिक बनको पछाडी खाडल खनेर पुरिएको रामजहदी सामुदायिक बनका अध्यक्ष डिल्लिराज सुबेदिले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation