शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय खलकुद : महिला क्रिकेटमा मधेस प्रदेशको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेसले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनै पनि व्याट्सवुमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् ।

मधेश प्रदेसकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन् । कविता गौतम र शान्ति चौधरीले समान २ विकेट लिए । सन्तोषी चौधरीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिईन् । मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले ३ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १२ रन दिईन् । कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक विकेट झारे ।

खेलमा मधेसका अनुराधा चौधरी प्लेयर अफ द म्याच भइन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation