मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरीको राजपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

गढवा २७ असार । दाङ देउखुरीको राजपुरमा बिहिवार भएको मोटरसाइकल दुर्घटनामा परि एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रतापपुर बस्ने अन्दाजी ४५ वर्षीय जानकी यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

लु ३ प ५४४४ नम्बरको मोटरसाइकलले पैदलयात्री लाई ठक्कर दिँदा पैदलयात्रीको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

राजपुर गाउँपालिका वडा नम्बर २ खरदरिया बाट बेला आईरहेको मोटरसाइकलले घर बाट सामान लिन भनि पसल गएर फर्किने क्रममा मोटरसाइकलले ठक्कर दिएको स्थानीयहरुले जानकारी दिएका छन ।

मोटरसाइकल चालक फरार रहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि लमही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation