Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस बगायो, करिब ६० यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको छ ।

शुक्रबार बिहान करिब साढे ३ बजे तिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो ।

विरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए । प्रहरीका अनुसार बसमा २२ यात्रु सवार थिए ।

त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । सो बसमा ४२ यात्रु रहेको अनुमान छ ।

बस बगाएको खबर लगत्तै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पहिरोले बगाएका दुईवटै बस त्रिशूली नदीमा बेपत्ता भएको रिजालले जानकारी दिए ।

पहिरोको कारण राजमार्गको दुई तर्फी आवागमन रोकिएको छ ।

हराएका दुवै बस भेटिएको छैन । सुरक्षाकर्मीको टोलीले हराएको बस खोजी गरिरहे पनि खोजी गर्न समस्या भएको छ ।

दुवै बसमा भएका करिब ५० यात्रु पनि सम्पर्कबाहिर छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation