बाँके । नेपालगन्ज विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगन्ज १२ बेलासपुरको नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको एसि, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गरेको हो ।
नगद २४ लाख ६२ हजार ३१५ रुपैयाँ सहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताए ।
नेपालगन्ज १८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठ, नेपालगन्ज ३ का २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर ७ का २९ वर्षीय निमबहादुर बोहरा र कन्चनपुर नगरपालिका ७ घर भएर हाल नेपालगन्ज ३ बस्ने ३० वर्षीय राहुल देवललाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक कार्कीले बतायका छन ।