सिसहनियाँ ४ साउन । दाङको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँमा सञ्चालित व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविरबाट ६ लाख बढी राजस्व संकलन भएको छ ।
राप्ती गाउँपालिका दाङद्वारा सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा बुधबार देखि शुक्रबार सम्म तीन दिन सञ्चालन भएको शिविरबाट ६ लाख ८ हजार ७ सय ५० रुपैयाँ राजस्व संकलन भएको राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार शिविरमा २ सय ७४ व्यवसाय नविकरण र ६ वटा नयाँ व्यवसाय दर्ता भएका छन ।











