बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए ।
सुवेदीले भने, “जति पनि सवारी दुर्घटना भएका छन्, अधिकांश लापरवाहीकै कारण भएका छन्, धेरैजसो चालककै लापरवाहीका कारण भएका छन् भने केही दुर्घटना सडक प्रयोगकर्ताका कारण भएका छन् ।“चालकले मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा चलाउनु, जता पाए त्यतैबाट ओभर टेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारणबाट अधिकांश दुर्घटना भएका छन् ।
प्रहरी निरीक्षक सुवेदीले भने, “कतिपय दुर्घटनाका कारण सडक प्रयोगकर्ता आफैँ पनि देखिएका छन्, सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जता पाए त्यतैबाट सडक क्रस गर्ने गर्दा पनि कतिपय दुर्घटना भइ ज्यान जाने गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेहरु त अधिकांश मादक पदार्थ सेवन गरेर चलाएको पाइएको छ । “मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीव्र गतिमा चलाउने, हेलमेटसमेत प्रयोग नगर्ने अनि बेहोस जस्तै भएर ठूला गाडीमा गएर ठक्कर दिने, भित्तामा ठोक्किने तथा सडक बारहरुमा ठोक्किएर धेरैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।