सोमवार, कार्तिक २५, २०८२

रोटरी क्लव राप्तीको दोस्रो पदस्थापन, अध्यक्षमा आचार्य

देउखुरी । रोटरी क्लब अफ राप्तीको दोस्रो पदस्थापन कार्यक्रम भालुवाङको होटल पौवामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्ष बासुदेव न्यौपानेले वर्ष २०२४/०२५ का अध्यक्ष तपराज आचार्यलाई पद हस्तान्तरण गरे ।

पद हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का निवर्तमान डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद धोजुले रोटरी क्लवमा आवद्ध युवाहरुमा केही नयाँ गरौं भन्ने हुटहुटी रहेको बताए । ‘जहिले देखी यो क्लव गठन भयो, म संगै जोडिएको छु’ उनले भने, ‘यहाँ जोडिएका साथिहरुमा नयाँ गरौं भन्ने हुटहुटी देखीरहेको छु ।’ आफ्नो व्यस्तताकाबीच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले स्वार्थरहितको समाजसेवाका लागेकोमा धन्यवाद व्यक्त गरे । ‘यहाँ सम्भावना धेरै छन् । यहाँहरुले थालेका अभियानले सार्थकता पाउने छन्’ उनले भने, ‘यो नयाँ क्लव हो । तर, यसले गर्ने कामले यसलाई स्थापीत गर्छ ।’

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रोटरी क्लब अफ राप्तीले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, युवा सशक्तिकरण लगायतका क्षेत्रमा विशेष भुमिका खेल्न सफल भएकोमा प्रशंसा व्यक्त गरे । निस्वार्थ भावले युवाहरु मिलेर समाज सेवामा लाग्नु भएकोमा धन्यवाद दिदै स्थानिय सरकारको तर्फ रोटरीको हरेका कार्यमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगतदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अबको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष तपराज आचार्यले वार्षिक कार्ययोजना सार्वजनिक गर्दै राप्ती गाउँपालिका भित्र रहेका विवाहीत ४० वर्ष माथिका महिलाहरुको पाठेघरको क्यान्सर स्किनिङ्क गर्ने योजना रहेको बताउर्दै यसका अलावा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा थप रचनात्मक काम गरी क्लवलाई सक्रिय बनाइराख्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लबका निवर्तमान तथा संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले एक वर्षभित्र क्लबले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराएका थिए । त्यसै गरी क्लव स्थापना गर्न र आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउन लाग्ने रोटरीयनहरुलाई उनले धन्यवाद व्यक्त गरे ।

रोटरी क्लवका ड्रिस्ट्रिक अवार्ड चियर एजाज आलमले समाज रुपान्तरणको लागी रोटरीको भूमिका रचनात्मक रहेको बताए । नयाँ क्लव भएपनि समाजको मन जित्न सफल भएकोमा प्रशंसा व्यक्त गरे । ‘रोटरीले शिक्षा, स्वास्थ्य, समाज विकास, नेतृत्व विकास, युवा सशिक्तकरणको क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ’ उनले भने, ‘युवाहरुको सहभागीतामा रोटरीले समाजको मन जित्न सफल भएको छ ।’

कार्यक्रममा एजी डा. चेतनाराण पाण्डेले सामुहिक कार्य राम्रो उदाहरणको रुपमा रहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भएको छ ।

क्लबको वर्ष २०२४/२५ को सचिवमा अनिल केसी, कोषाध्यक्षमा अनिल पौडेल, निवर्तमान अध्यक्षमा बासुदेव न्यौपाने, प्रेसिडेन्ट इलेक्टमा बसन्त बहादुर पुन मगर, प्रेसिडेन्ट नोमिनीमा गोपाल आचार्य, उपाध्यक्षमा बसन्त गिरी र शिशिर पोख्रेल, क्लब एडमिन्स्ट्रेटिभ चेअरमा भरतमणि न्यौपाने, मेम्बरसिप चेअरमा पुजा पण्डित खनाल, पब्लिक इमेज चेअरमा दोर्ण प्रसाद आचार्य, सर्भिस प्रोजेक्ट चेअरमा शोभाखर भुसाल, द रोटरी फाउण्डेशन चेअरमा खुमलाल पोख्रेल रहेका छन् ।

त्यस्तै सर्जन एट आम्र्समा श्याम न्यौपाने, सह सर्जन एट आम्र्समा अन्जना पोख्रेल, क्लब एडभाइजरमा जगत प्रसाद पोख्रेल र एजाज आलम रहेका छन् । त्यसै क्लवमा नयाँ सदस्यको रुपमा आवद्ध भएका हिमानन्द पाण्डे, पिताम्वर रोकाय, दुर्गा बस्नेत र शितल रिजाललाई पिन प्रदान गरिएको थियो । हाल क्लवमा २९ जना सदस्यहरु रहेका छन् ।

क्लवले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । स्थापना भएको पहिलो वर्षमा नै रोक्टरी क्लव अफ राप्तीले विभिन्न विधा मध्ये रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ बाट ४ वटा अवार्ड पाउन सफल भएको थियो । हाल क्लवले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को विशेष सहयोगमा श्री आर्दश नमुना मा वि लालमटियामा छात्रा चौशालय निमार्ण कार्य सुरु गर्न लागेको छ ।

कार्यक्रमका अवसरमा क्लबमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation