सोमवार, कार्तिक २५, २०८२

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

दाङ । लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्ति भएका छन् ।

सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

आचार्यले एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation