राप्तीकाे शंकर सामुदायिक वन क्षेत्रमा २ सय आँपकाे बिरूवा राेपियाे

भालुबाङ १४ श्रवण । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रमा करिब २ सय आँपका बिरुवा राेपिएकाे छ ।

राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार उक्त सामुदायिक वनकाे खाली क्षेत्रमा बिरुवा राेपिएकाे हाे ।

बिरुवा राेपण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर, प्रदेशसभा सदस्य इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख अमरबहादुर माझी, सिसहनियाँका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक मनोहर राम चाैधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी लगायत अन्य जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी र स्थानीयहरुकाे सहभागीता रहेको थियो ।

खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै राेजगारीकाे सिर्जना गर्ने उदेश्यले साे क्षेत्रमा फलफूलको बिरुवा राेपिएकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयाे ।

साे क्षेत्रमा गत वर्ष पनि करिब १२ सय बढी आँप र अम्बा जातका फलफूलका बिरुवा राेपिएकाे थियो ।

उक्त बिरुवाहरु अहिले हुर्कने अवस्थामा रहेको र तिनीहरूको समयसमयमा उपभोक्तहरुद्वारा संरक्षण समेत गरिदै आइएकाे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुलाध्वज मल्लले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation