Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको भालुवाङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

भालुवाङ १५ साउन  दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको घटनास्थलमै  मृत्यु भएको छ ।

मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ०१-६२७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक अमर बहादुर माझीले जानकारी दिएका छन ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राखि अहिले पुर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । अहिले भालुवाङको तनावग्रस्त रहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation