आइतवार, कार्तिक २४, २०८२

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको तेस्रो अधिबेशन तथा चौथो साधारणसभा सम्पन्न

भालुबाङ १९ साउन । दाङ देउखुरीमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको तेस्रो अधिबेशन तथा चौथो साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लिलाधर दमाइको अध्यक्षता तथा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको करम्दी सामुदायिक बनको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा संघका केन्द्रिय स. प्र. संयोजक सुरेन्द्र परियार, संघका केन्द्रिय सदस्य चुर्ण नेपाली, संघका प्रदेश सदस्य उबा बुढा, जिल्ला अध्यक्ष पदम नेपाली, जिल्ला सचिव फन्ते परियार, राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी लगाएतकाको उपस्तिथि रहेको थियो ।

उक्त साधारणसभाबाट पुनः लिलाधर दमाई अध्यक्षमा सर्वसम्मत चयन :

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीको उक्त साधारण सभाबाट अध्यक्षमा लिलाधर दमाई सर्वसम्मत चयन भएका छन् ।

बराखुट्टिमा आयोजित साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा दमाईलाई चयन गरेको हो । दमाईको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जस मध्य उपाध्यक्ष भुमी गुरुङ, सचीव राम बहादुर नेपाली, कोषाध्यक्ष डिल बहादुर दमाई र सदस्यहरुमा सियाराम चौधरी, मुन्नी हलुवाई, गगन दमाई, शिवा दसौदी, बिजुला जि. सि, तारा परियार, सीता परियार, प्रभा चौधरी र वीर बहादुर नेपाली रहेका छन भने सल्लाहकारमा ठगेन्द्र परियार, खड्क परियार र  रमेश कठायत रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation